शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालोपत्रेका लागि काम तिब्रता दिएको छ । आइतवार निर्माणधिन सडकको शिवसताक्षी नगरपालिकाले बाटोको फिल्ड डेन्सीटी टेष्ट गरेको छ ।
नगरपालिकाका प्राविधिकहरुले उक्त सडकको ८ स्थानमा फिल्ड डेन्सीटी टेष्ट गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्राविधिकहरुका अनुसार टेष्टको रिर्पोट आज आएपछि बाटोको थप कामअघि बढ्ने छ ।
उक्त बाटोमा ३ वटा कल्भर्ड निर्माण भएका छन् । निर्माणाधिन बाटो नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष हर्क सिगुले निरन्तर अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा नगर प्रमुख थोप्राले बाटो निर्माण मापदण्ड अनुसार नै भइरहेको बताए । उनले बाटोमा कल्भर्ड निर्माण गर्दा साइडको वालहरु कम देखिएकाले यसलाई थप वाल निर्माण गरी काम गरिने जानकारी दिए । उनले भने, दोमुखा सडक नगरकै ठूलो आयोजना भएकाले कही कमी कमजोरी भए तुरुन्त सच्याएर अघि बढ्छौ ।
कालोपत्रेका लागि ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड रकमले काम भइरहेको छ । सडक ढलरहित ७ मिटर चौडाइ कालोपत्रे हुने छ । सतासी निर्माण सेवाले ठेक्का लिएको सो सडक असार १५ गते निर्माण सम्पन्न हुने बताइएको छ ।







प्रतिक्रिया