मुख्य समाचार

प्रेस चौतारी झापाकोे आयोजनामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया

प्रेस चौतारी झापाकोे आयोजनामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया


बिर्तामोड । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आइतवार बिर्तामोडमा एक दिने सूचनाको हक सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रेस चौतारीले बिर्तामोड नगरपालिकाभित्रका क्याम्पसमा अध्ययन गरिरहेका विधार्थीलाई सहभागी गराएर सूचनाको हक सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सूचनाको हक भनेको के हो, सूचनाको हकको परिचय, ऐन सम्बन्धी जानकारी , सूचना माग गर्ने निवेदनको ढाँचा, माग गर्न नमिल्ने सूचनाहरु, सूचनाको हक र पारदर्शीता लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष, सूचना अभियन्ता प्रदिप परियारले सहजीकरण गरेका थिए । सहभागीले राखेको जिज्ञासाको जवाफ दिदंै प्रशिक्षक, अभियान्ता परियारले सार्वजनिक सरोकार र सरकारी निकायमा सूचना माग गर्न सकिने जानकारी दिएका थिए ।

संगठनका अध्यक्ष मन कुमार गदालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले अहिलेको प्रविधिको युगमा जोसँग धेरै सूचना छ, त्यो नै विश्वको धनी मानिने हँुदा सूचनामा दख्खल राख्न आग्रह गरे ।

आफनो गाउँ ठाउँको सरोकारको विषय आफैले उठाउँनु पर्ने भएकाले अध्ययन गरेर नागरिकका सामु ल्याउन पनि सहभागीलाई सदस्य पोखरेलले आग्रह गरेका छन् ।

समापन कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष गदालले सहभागीहरुलाई सूचना माग्ने सीप प्रदान गरेको बताए । सूचनाको हकलाई ब्यवहारमा उतार्ने काममा प्रेस चौतारी सबैसँग हातेमालो गर्न तयार रहेको अध्यक्ष गदालले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

शेयर गर्नुहोस :

27
Shares