झापा । गर्मी बढेपछि झापाका पालिकाहरुले धमाधम शैक्षिक संस्थाहरु विदा दिन थालेका छन् । पालिकाहरुले सूचना जारी गर्दै विदा दिएका हुन् ।
मेचीनगर नगरपालिकाले दुई दिन, कचनकवल गाउँपालिकाले पाँच दिन, बिर्तामोड नगरपालिकाले तीन दिन, अर्जुनधारा नगरपालिकाले पाँच दिन, भद्रपुर नगरपालिकाले पाँच दिन र हल्दिवारीले पाँच दिन विदा दिने सूचना जारी गरेको छ ।
मेचीनगर, कचनकवल, भद्रपुर र हल्दिवारीले आजैबाट लागु हुने गरी विदा दिएका हुन् भने अर्जुनधारा र , बिर्तामोडले भोलीबाट लागुहुने गरी विदा दिएका छन् । झापाका अन्य पालिकाहरुले पनि विदा दिने बुझिएको छ ।
पालिकाहरुले अत्यधिक गर्मीका बढेपछि विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले आगामी बर्खेविदाबाट कट्टा हुनेगरी विद्यालय विदा दिइएको पालिकाहरुले जनाएका छन् ।







प्रतिक्रिया