मुख्य समाचार

झापामा साइकल र्‍याली

झापामा साइकल र्‍याली


बिर्तामोड । विश्व साइकल दिवसको अवसर पारेर झापामा साइकल र्‍याली निकालिएको छ । राइड, कनेक्ट, एडभोकेट र इन्जोए भन्ने थिम बनाएर झापाली साइक्लिस्टहरुले र्‍याली निकालेका हुन् ।

झापा साइक्लिङ क्लबको आयोजनामा भएको कार्यक्रममा २५ जना साइक्लिस्टहरुको सहभागिता रहेको थियो । बिहान बिर्तामोडबाट सुरु भएको र्‍याली चारआलीबाट धाइजन हुँदै मागुरमाडी भएर निन्दा पोखरी पुगेको थियो । निन्दा पोखरीमा भएको छलफलमा साइकल दिवसलाई सार्थक पार्न झापामा साइकल संस्कृतिको विकास गर्न जरुरी रहेको सहभागीहरुको जोड थियो ।

र्‍यालीमा १० वर्ष उमेरदेखि ६० वर्ष उमेरसम्मका साइक्लिस्ट सहभागी रहेको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए । साइकल यात्रा निन्दा पोखरी हुँदै थोप्लेविरान वनको क्षेत्र–७ नम्बर बुधबारे–सेतीपानी–कालिस्थान–सालबारीबाट बिर्तामोडमा आएर टुंगिएको थियो । र्‍याली ५० किलोमिटर दूरीको रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares