मुख्य समाचार

ताप्लेजुङमा बेपत्ता तीनको खोजी जारी

ताप्लेजुङमा बेपत्ता तीनको खोजी जारी

af9Lsf] tf08j=== vfFbaf/L, # c;f/ M ;ªv’jf;efsf] r}gk’/ / kfFrvkg gu/kflnsfsf] l;dfgf eO{ aUg] x]jf vf]nfdf uP/flt cfPsf] af9Ln] hf]lvddf k/]sf] a:tL . tl:a/ M ;’hg ah|frfo{ ÷/f;;

ताप्लेजुङ । गत शुक्रबार रात ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरामा परी बेपत्ता भएकाहरूको अझै भेटिएका छैनन् । उनीहरुको स्थानीय र नेपाल प्रहरीले खाजी जारी राखेका छन् ।

सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शुक्रबार राति गएको पहिराले एकै घरका तीन जनासहित चार जनालाई बगाएको थियो । जसमध्ये भोलिपल्ट विहान एकजनाको शव भेटिएको थियो । बाँकी एकै घरका तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशराम कार्कीले जानकारी दिए । ‘अहिले मौसममा केही सुधार भएको छ, बेपत्ताको खोजीका लागि थप जनशक्ति परिचालन गरेका छौं’, उनले भने । बेपत्ता हुनेमा मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आइतबार बिहान सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ । पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो । सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । अहिले विराटनगर न्यूरो अस्पतालमा राईको उपचार भइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares