बिर्तामोड । बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमामा रहेको आवाश मार्गमा ढल निर्माणको काम अगाडि बढाउन समिति निर्माण गरिएको छ ।
बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा अनुगमन गरि पहल समिति निर्माण गरिएको हो ।

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई सहित गरिएको अनुगमनमा अर्जुनधारा ११ का वडाअध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको हो ।
समितिको सदस्यहरुमा बिर्तामोड ५ का वडाअध्यक्ष रोहित प्रसाई, अर्जुनधारा ६ का वडाअध्यक्ष हरिसचन्द्र बाँस्तोला , गोपाल विमली, सुरेन्द्र बहादुर लिम्बु, वीर बहादुर राई र टेकराज सुव्वा रहेका छन् ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईले वर्खामा डुवानको समस्या रहंदै आएको यस क्षेत्रमा ढल निर्माणका लागि दुवै नगरपालिका सकारात्मक भएकोले समिति निर्माण गरेर पहलअघि बढाएको बताइन् । बिर्तामोड बसपार्कदेखि माथिल्लो यस क्षेत्रमा डुवानको समस्या वर्षौं देखिछ ।







प्रतिक्रिया