मुख्य समाचार

अनेमसंघ कोशीको अध्यक्षमा राई, सचिवमा कट्टेल

अनेमसंघ कोशीको अध्यक्षमा राई, सचिवमा कट्टेल


विराटनगर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको प्रथम कोशी प्रदेश सम्मेलन सकिएको छ । शनिबार सकिएको सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको अध्यक्षमा सिर्जना राई निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा माया पोखरेल र सरला राई निर्वाचित हुनुभएको छ । संघको सचिवमा हेमकला कट्टेल निर्वाचित हुँदा अन्जु पाण्डे सहसचिवमा निर्वाचित हुनुभएको छ ।

यस्तै कोषाध्यक्षमा हिमा बिकसहित ९१ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

शेयर गर्नुहोस :

0
Shares