मुख्य समाचार

हुलाक मार्फत झापाका विद्यार्थीले पठाए राष्ट्रपतिलाई सहयोग

हुलाक मार्फत झापाका विद्यार्थीले पठाए राष्ट्रपतिलाई सहयोग


बिर्तामोड । झापाका विद्यार्थीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचार खर्च वापत संकलित रकम पठाएका छन् । आज जिल्ला हुलाक कार्यालय भद्रपुरबाट राष्ट्रपति कार्यालयको ठेगानामा सहयोग रकम पठाएको अनेरास्ववियु झापाका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।

अनेरास्ववियु झापाले जिल्लाभर क्याम्पस कमिटी र नगर कमिटी मार्फत राष्ट्रपतिका लागि एक रुपैयाँका दरले सहयोग उठाएर पठाएको जनाएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीको सर्कुलर बमोजिम राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि सहयोग उठाइएको हो । दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रले पत्राचार गरेपछि देशव्यापी रुपमा सहयोग संकलन अभियान सञ्चालन गरिएको अनेरास्ववियु झापाका इञ्चार्ज रोशन लामाले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares