विराटनगर : दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्बन गर्न कसकेको भन्दै उनले कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति भएको बताए ।
माओवादी निकट एक सांसदका अनुसार हिजो (शनिबार) बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी बिच्किएका हुन् ।
उनले आफू र आफूलाई मतदान गर्ने मतदातामाथि बारम्बार अन्याय भएको बताए । उनले आफूले प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाएको बताए । उनले भने, ‘आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासंग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाई सकेको छु।’
उनी उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश (१) बाट निर्वाचित माओवादी सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि मगर सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।







प्रतिक्रिया