मुख्य समाचार

प्रजनन् स्वास्थ्यको क्षेत्रमा परिवार नियोजन संघको भूमिका महत्वपूर्ण : कार्की

प्रजनन् स्वास्थ्यको क्षेत्रमा परिवार नियोजन संघको भूमिका महत्वपूर्ण : कार्की


बिर्तामोड । कोशी प्रदेशका निवर्तमान मूख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल परिवार नियोजन संघले सरकारले गर्ने कामको एउटा पाटो प्रज्वनन् स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनु भएको छ ।

नेपाल परिवार नियोजन संघ झापा शाखाको ४५ औं शाखा सभाको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘स्त्री रोगको परीक्षण तथा उपचार, पाठेघरको मुखको क्यान्सरको परीक्षण, गर्भवती जाँच, सुत्केरी पश्चात जाँच, बालबालिका उपचार तथा खोप सेवा लैङ्गिकविभेद तथा अन्य विषेश सेवा प्रदान गर्दै आएको छ जुनकाम राज्यले गर्नै पर्दथ्यो ।’

कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई पुरै कार्यकाल पूरा गर्ने कामना व्यक्त गर्नुहुँदै निवर्तमान मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘मैले विश्वासको मत प्राप्त गर्न सकिन तर यो गठबन्धन दलले अप्रजातान्त्रिक, गैरसंवैधानिक, गैर संसदीय तरिकाबाट प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्त गर्नु भएको छ । हामी पनि त्यसको उपचार खोज्दैछौं ।’

कार्यक्रममा नेकपा एमालेका सचिव शिव ढुङ्गेल, नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाई, कोशी प्रदेश सभाका पूर्व सदस्य बसन्त बानियाँ, संघका पूर्व सभापति तथा कोशी प्रदेशका संयोजक केदार गिरी, राप्रपा झापाका अध्यक्ष केशव ओझा, संघका पूर्व केन्द्रीय सदस्य निकिता शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares