मुख्य समाचार

झापामा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

झापामा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह


बिर्तामोड । अहिले झापामा ठूलो पानी परिहरेको छ । पछिल्लो तीन घण्टामा झापाको केचना आसपास ठूलो पानी परेको र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापा आसपासका क्षेत्र भएर बग्ने साना नदीमा बाढीको जोखिम तथा नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

आज पूर्वको कोशीसहित बाग्मती र गण्डकीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ ।

शेयर गर्नुहोस :

0
Shares