बिर्तामोड । लगातारको वर्षापछि झापाको भद्रपुर , बनियानी र पाठामारी क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण दर्जन बढि घरमा पानी पसेको झापा प्रहरीले जनाएको छ ।
झापाका प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको जानकारी दिए । घरमा पानी पसेको सूचनाका आधारमा प्रहरुरी परिचालन गरिएको छ, के कति क्षति भयो भन्ने बारे यकिन नभएको जानकारी दिए ।








प्रतिक्रिया