मुख्य समाचार

कनकाई पुलमा फेला परेको शवको पहिचान खुल्यो

कनकाई पुलमा फेला परेको शवको पहिचान खुल्यो


बिर्तामोड । झापाको कनकाई माईमा शनिवार साँझ फेला परेको शवको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार शव शिवसताक्षी –८ का ९० वर्षीय टेक बहादुर श्रेष्ठको रहेको खुलेको छ ।

शनिवार साँझ साढे ६ बजे स्थानीयले कनकाई पुल दक्षिण ७ सय मिटर दक्षिणमा शव देखेर माइधार प्रहरीलाई खवर गरेका थिए । शवको पोष्टमार्टमका लागि हिजै दमक अस्पताल लगिएको थियो ।

नदिमा भेटिएको शवको आज विहान साढे ६ बजे पहिचान खुलेको हो । प्रहरीका अनुसार टेक बहादुरका नाती दिल बहादुर श्रेष्ठले उक्त शव आफ्नो हजुरबाको भएको जानकारी गराएका छन् ।

शेयर गर्नुहोस :

0
Shares