काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेका अरुण पोखरेल भदौ १५ गतेसम्म बिदामा बसेका छन् ।
निजामती राष्ट्रिय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयका सरुवा भएको थियो । पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरिएको छ । गत मङ्गलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट करिब १०० केजी सुन तस्करी हुँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए ।







प्रतिक्रिया