मुख्य समाचार

धनकुटामा एकै घरका तीनजना मृत फेला

धनकुटामा एकै घरका तीनजना मृत फेला


विराटनगर । धनकुटा नगरपालिका १ को निगालेमा एकै परिवारका तीनजना मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार ३५ वर्षीय टिकाराम गुरुङ,उनकी श्रीमती ३५ वर्षीय भीमा र छोरा आयुष मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार टिकाराम घर नजिकै झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती भीमा र छोरा आयुष घरभित्र मृत भेटिएको हो ।

संखुवासभा घर भएका १२ वर्ष देखि निगालेमा बस्दै आएका थिए । मृततका ६ वर्षका छोरा आशिक भने सकुशल रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares