मुख्य समाचार

मेचीनगरबाट चार जना सडक मानवको उद्धार

मेचीनगरबाट चार जना सडक मानवको उद्धार


झापा, २२ कात्तिकः मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका चार जना सडक मानवलाई मेचीनगरबाट उद्धार गरेको छ ।

मेचीनगरको काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआलीबाट गएराति उद्धार गरिएका चारै जनालाई मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित आश्रममा राखिएको आश्रमका अभिभावक समितिका संयोजक नीलकण्ठ तिवारीले बताउनुभयो ।

उद्धार गरिएका एक जना केही दिनअघि कारागारबाट कैद अवधि पूरा गरेका व्यक्ति छन् । “कारागारबाट मुक्त भएपछि सडकमा आश्रय लिएर बस्न थाल्नुभएको रहेछ,” तिवारीले भन्नुभयो, “आफन्त कोही रहेनछन्, उहाँलाई पनि उद्धार गरेर ल्याएका छौँ ।”

उद्धार कार्यमा मेचीनगर नगरपालिकाका नगर प्रहरीहरुले सहयोग पुर्याएका थिए । बाहुनडाँगीस्थित मानव सेवा आश्रमको झापा शाखामा हाल एक सय जना आफन्त नभएका सडक मानवले आश्रय पाइरहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu