बिर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा हिजो झापा आएका छन् । आज बिर्तामोडमा हुने एक कार्यक्रममा सहभागी हुन उनी झापा आएका हुन् । उनको भ्रमण सफल र भव्य बनाउन सिङ्गो राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको छ ।
धुलाबारीस्थित मेची क्राउनबाट मोटरसाइकल र्यालीसहित शाहलाई बिर्तामाड ल्याइने बताइएको छ । ¥यालीमा कम्तिमा ७ हजार मोटरसाइकल उतार्ने दावी गरिएको छ ।
बिर्तामोडमा हजारौको जनप्रदर्शनसहित पूर्वराजाको स्वागत गर्ने तयारी राप्रपाले गरेको छ । पूर्वराजा इकम कलेजमा निर्माण सम्पन्न भई ८ महिनादेखि छोपेर राखिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न आएका हुन् ।







प्रतिक्रिया