धुलाबारी । त्रिफला राष्ट्रिय पुस्तकालयको अध्यक्षमा संस्थापक अध्यक्ष प्रेमप्रकाश पोखरेल फलाहारी पुनः चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षमा रामप्रसाद दाहाल, महासचिवमा गंगाप्रसाद भट्टराई बोझे, सचिवमा सुदर्शन बराल र कोषाध्यक्षमा कुलबहादुर भण्डारी चयन हुनुभएको छ ।
समितिको सदस्यमा राधादेवी घिमिरे, रिसव आचार्य, शालिग्राम दाहाल, लक्ष्मीदेवी शर्मा र ललित अग्रवाल सदस्य चयन हुनुभयो ।
धुलाबारीमा आज सम्पन्न साधारणसभामा फलाहारी लगायत कार्यसमितिको नामहरु सर्वसम्मत चयन भएको हो ।







प्रतिक्रिया