Banner news

अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक बानियाँमाथि खुकुरी प्रहार

अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक बानियाँमाथि खुकुरी प्रहार


बिर्तामोड । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

उनी कोशी प्रदेश सभा सांसद एवं प्रदेशका पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोका स्वकीय सचिवसमेत हुन् । उनीमाथि आक्रण भएको मेन्याङ्बाले पुष्टि गरे ।

ताप्लेजुङको सदरमुकाममा रहेको बानियाँको आफ्नै निवास अगाडि उनीमाथि खुकुरी प्रहार भएको बताइएको छ । खुकुरी प्रहारबाट उनको खुट्टामा गम्भीर चोट लागेको र अहिले ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

लेनदेनको विषयमा फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले बानियाँमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । लिम्बु अहिले फरार छन् ।

शेयर गर्नुहोस :

0
Shares