बैशाख १३, २०८२ शनिबार

मन्त्रीको गाडी त्यहाँ नपुगेको भए त्यस्तो घटना हुने थिएन : प्रहरी महानिरीक्षक

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले बालकुमारी रुटमा मन्त्रीको सवारी भएपछि प्रदर्शनले असामान्य रूप लिएको बताएका छन् ।

संसदीय समितिमा छलफलका क्रममा उनले मन्त्रीको गाडी त्यही रुट भएर गएपछि प्रदर्शनकारीहरू अग्र बनेको बताए ।

मन्त्रीलाई नै हातपात गर्ने गाडीमा आगजनी हुनसक्ने भन्ने सूचना आएपछि सुरक्षाकर्मीहरू त्यसतर्फ गएको उनले बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले मन्त्रीको गाडी आएर भिडमा रोकिएपछि अवस्था असामान्य बनेको बताए । गोली चलेको यकिन नभए पनि १२ः२० मा मन्त्रीको गाडीमा आगजनी भएको उनले बताए ।

प्रकाशित मिति : पुष १६, २०८० सोमबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]