बैशाख १३, २०८२ शनिबार

ईपीएस परीक्षाको आवेदन दिन पाउने समय थपियो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन फारम भर्ने म्याद दुई दिन थप गरिएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो ।

सिपबिल्डिङको परीक्षामा सहभागी भएकाहरूका लागि उत्पादनशील क्षेत्रको आवेदन खुलाइएको छ । यसअघि आवेदन भर्न पुस १६ गतेदेखि १८ गतेसम्मको समय दिइएको थियो ।

तर, गत शुक्रबार बालकुमारीमा भएको घटनामा दुईजनाको मृत्यु भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएकाले समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

प्रकाशित मिति : पुष १७, २०८० मंगलबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]