Banner news

कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका विष्ट निर्वाचित

कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका विष्ट निर्वाचित


काठमाडौं । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बर बहादुर विष्ट निर्वाचित हुनुभएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।
सत्तारुढ गठबन्धनको साथ राप्रपालाई मिलेपछि एमालेले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares