बिर्तामोड । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पश्चिम तराईका केही स्थानहरूमा बिहानीपख लागेको हुस्सु-कुहिरो मध्यान्न सम्ममा तथा मध्य तथा पूर्वी तराईका धेरै स्थानहरूमा लागेको हुस्सु÷कुहिरो अपराह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाको भनाई छ ।
चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।







प्रतिक्रिया