Banner news

राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आजबाट लागू हुँदै

राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आजबाट लागू हुँदै


काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

आचारसंहिता माघ १२ गतेसम्म जारी रहने छ । निर्वाचन आयोगका अनुसार आचारसंहिता लागू भएको अवस्थामा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाउने छैन ।

यस्तै कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नपाउने पनि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यस्तै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन पनि पाउने छैनन् ।

शेयर गर्नुहोस :

0
Shares