मुख्य समाचार

प्रहरी सक्रियताले कनकाई पुलमा भीड लागेन

प्रहरी सक्रियताले कनकाई पुलमा भीड लागेन


सरोज भट्टराई

शिवसताक्षी । झापाको कनकाई माई मेला यस वर्ष निकै व्यवस्थित भएको छ । अघिल्ला वर्षहरुमा भीडभाडका कारण पूर्वपश्चिम लोकमार्ग नै बन्द हुने गरेको थियो । तर, यसपाली कनकाई पुलमा सहजै आवतजावत भयो । पैदल यात्रुहरु पुलमुनी बनाइएको संरचनाबाटै ओहोरदोहार गरेका थिए ।

शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइधाम वरपर भीड देखिए पनि जनपथ र ट्राफिक प्रहरीको सक्रियताले कनकाई पुलमा सवारी साधन सहज तरिकाले वार पार भएको थियो ।
मेला समिति संयोजक वडा नं. १० वडाध्यक्ष हर्क सिगुले २ सय ५० जना सुरक्षाकर्मी र नगर प्रहरी परिचालन गरिएको बताए ।

उनले मेलालाई अघिल्ला वर्षहरु भन्दा भक्तजनहरुको सुरक्षा र सावरी साधन जावत जावतलाई सहज बनाउन पर्याप्त मात्रामा स्वयमसेवक पनि परिचालन गरिएको जानकारी दिए ।

कनकाई माई पश्चिम माइधामबाट कनकाइ पूर्व कोटिहोम जानको लागि कनकाई पुल उत्तर अस्थायी रुपमा पुल निर्माण गरिएको थियो ।

माई मेलामा झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर ताप्लेजुङ्गलगायत भारतको सिलगुडी, सिक्किम, दार्जिलिङ्ग, असाम, मणीपुर भुटानबाट पनि मकर नहाउन भक्तजनहरु आएका थिए । मेला आजसम्म चल्नेछ ।

शेयर गर्नुहोस :

0
Shares