बिर्तामोड । देशको तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु-कुहिरो लागेको छ । बिहानको समयमा तराईका अधिकांश स्थानहरुमा लागेको हुस्सु-कुहिरो अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।
हुस्सु-कुहिरोको प्रभावले तराईको दैनिक जनजीवन र स्वास्थ्यमा असर पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोको छ ।चिसोबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।







प्रतिक्रिया