मुख्य समाचार

मेचेको पहिचान खोज्दै भारतीय युवा साइकल यात्रामा

मेचेको पहिचान खोज्दै भारतीय युवा साइकल यात्रामा


बिर्तामोड । मेचे समुदायको पहिचान, कला र संस्कृतिको खोज गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेका भारतीय एक युवा झापा आइपुगेका छन् ।

भारतको असम राज्यस्थित बाक्सा जिल्लाका २६ वर्षीय राजीव बोडो साइकल यात्रा गरेर झापाको हल्दिबारी आइपुगेका हुन् । उनले सात महिनाअघि महाकालीबाट साइकल यात्रा सुरु गरेका थिए ।

उनले सांस्कृतिक पहिचानका लागि नेपाल र भारतबीच पर्यटकीय सम्भावना रहेको बताएका छन् । उनले भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्ने समेत बताएका छन् । हल्दिबारी–४ का वडा अध्यक्ष सन्तकुमार थापाले सम्मान गर्दै बोडोलाई नेपालको पर्यटकीय सम्भावनालाई उजागर गर्न आग्रह गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares