सुरुङ्गा – पूर्व विद्यार्थी मञ्च झापा र अनेरास्ववियुवीच प्रगतिशील विद्यार्थी आन्दोलनको विगत, वर्तमान र भविष्य विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि बरालले पूर्व विद्यार्थी मञ्च झापाले प्रकाशित गर्न लागेको पुस्तकलाई झापाको प्रगतिशील विद्यार्थी आन्दोलन र वामपन्थी आन्दोलनको दस्तावेजीकरण गर्ने महत्त्वपूर्ण पुस्तकको रूपमा सबलीकरण गर्न सबैको भूमिका हुनुपर्ने बताएकी थिइन् ।
पार्टी र जनसंगठनवीचको सम्बन्धलाई थप बलियो बनाउन पुस्तक एक महत्त्वपूर्ण दस्तावेज बन्ने उनले विश्वास व्यक्त गरिन् । विचार र व्यवहारवीचको सन्तुलनबाट अघि बढ्न जरुरी रहेकोमा उनको जोड थियोे ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री हीराकुमार थापा, झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, एमाले नेताहरू मुकुन्द रेग्मी, शिवकुमार ढुङ्गेल, घनश्याम अधिकारी, अखिलकुमार कोइराला, चन्द्रकुमार शेर्मा, बसन्त बानियाँ, ललित लिम्बू, काजीबहादुर बुढाथोकी, भानुभक्त गौतम, अनेरास्ववियु केन्द्रीय समिति सदस्य रोशन लामा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी मञ्च झापाका सचिव धर्मेन्द्र खड्काले गरेका थिए ।







प्रतिक्रिया