कोशी प्रदेश सरकार भ्रष्टाचारको विषयमा कसैसँग कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री कार्की
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले भ्रष्टाचारको विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरूङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ्ग स्टेसनको आइतबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी सरकार फरक ढंगले सुशासनमा अघि बढिसकेकाले सबैलाई इमानदारितापूर्वक जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।

झसकारलाई कुनै बाधा र अबरोध छैन, फरक ढंगले सुशासनमा अघि बढिसकेकाले कसैको लागि सकार रोकिदैन । उनले भने, २५ मेघावाटको जलविद्युत आयोजना सूचिकृत गराउन भनेकोले त्यो नगरे सचिव जान्छ, रोकिदैन किनकी सर्वसम्मतिको शतप्रतिशत जनताको मतको सरकार भएकाले जनताको पक्षमा मात्रै काम गर्नुपर्छ । प्रदेश सरकारले प्रदेशलाई कृषिमा फडको मार्न कार्यक्रम अगाडि बढाउन लाग्नुका साथै उद्यमी बनाउने काम पनि यसै वर्षबाट सुरू गर्दै छ त्यसैले अब जनताको काम रोकिदैन ।
यो काम गरेपछि जनताको भोट आउँछ भनेर कोही नआउनु होला तर यो गरेपछि जनताले सुबिधा पाउँछ भनेर मात्रै आउन मुख्यमन्त्री कार्कीले बताएका छन् । झअब प्रदेशमा कसैलाई विभेद नहुने गरि काम प्रदेश सरकारले गर्छ, उनले भने, झखानेपानीमा विभेद नगर्न र सबै जनताको घरमा पुर्याउन निर्देशन दिएको छु र जीवन बचाउने खानेपानीमा धेरै नाफा कमाउनु हुँदैन र उपभोक्ताको पैसा लिएर विदेश घुम्न जाने होइन, जनताको मन जित्ने गरी काम गरौं ।
विद्युतीय चुल्हो र गाडी चार्जिङ स्टेसन बनाएर गाडी खरिदमा पैसा बाहिर पठाउने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले काम अघि बढाएको मुख्यमन्त्री कार्कीले बताएका हुन् । इन्डक्शन चुल्हो सँगै विद्युतीय सामग्री समेत कोशी प्रदेशमा नै उत्पादन गर्न मानवीय विकासमा लागौं,ञ उनले भने, झग्रिन इनर्जीमा हामी आत्मनिर्भर भइसकेको अवस्थामा राष्ट्रको कूल आमदानीको २० प्रतिशत इन्धनमा खरिद गर्नुपर्ने बाध्यताको अन्त्य गरेर व्यापार घाटा घटाउनुको विकल्प छैन ।
मुलुकको आर्थिक अवस्था धारासायी भएको भ्रम छर्नेले यसै वर्ष ३ लाख विद्युतीय सवारी बिक्रि भएको किन हेर्न नसकेको भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन्। त्यसैले प्राप्त साधनको सही सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले उक्त तीन वटै ठाउमा १ करोड १४ लाखको लागतमा चार्जिङ स्टेशन निर्माण गरेर सञ्चालन गरेको छ ।







प्रतिक्रिया