Banner news

बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता

बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आईतबार विराटनगरमा आयोजित एक कार्यक्रम बीच प्रदेशका १० वर्ष मुनिका बालबालिकाहरुको निःशुल्क उपचारका लागि प्रदेशका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा काठमाडौँ इन्च्यूट अफ चाइल्ड हेल्थको झापाको दमकमा रहेको अस्पतालका निर्देशक डा भगवान कोइरालासँग सम्झौतापत्र गर्दै । तस्बिरः मनोज दाहाल / रासस

मोरङ, ७ माघ – कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा मन्त्रालयका सचिव डा सुधा देवकोटाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको झापाको दमकमा रहेको शाखा अस्पतालका निर्देशक डा भगवान कोइराला, हाम्रो अस्पतालका डा शङ्कर अधिकारी, नोवेल शिक्षण अस्पताल विराटनगरका राजेश नेपाल, विराट मेडिकल शिक्षण अस्पताल मोरङ बूढीगङ्गाका पदम बिनाडीसँग सम्झौता आदानप्रदान गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले अब प्रदेशका कुनै पनि बालबालिका रकमको अभावमा अकाल मृत्यु हुने अवस्था नआउने बताउनुभएको छ । उहाँले बालबालिका मुलुकको भविष्यका कर्णधार भएकाले उनीहरुलाई सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन सरकारले कुनै सम्झौता नगर्ने प्रण व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशले गरेको सम्झौताले अन्य प्रदेशमा सन्देश प्रभाव हुने विश्वास व्यक्त गर्दै निजी क्षेत्रका अस्पताल सरकारका अङ्ग भएको विचार राख्नुभयो ।

शेयर गर्नुहोस :

0
Shares