बिर्तामोड । झापाको अर्जुनधारा -६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेपछि प्रहरीको अनुसन्धान टोली प्रदेश कार्यालयबाट घटनास्थल आइसकेको छ । महिलाको हत्या भएको हुन सक्ने आशंकाले अनुसन्धान टोली खटिएको हो ।

प्रहरीको अनुसन्धान टोलीले कुकुरसहित घटनामा संलग्न व्यक्तिको खोजी गर्ने बताइएको छ । महिलाको टाउकोमा ढुङ्गाले हिर्काए जस्तो देखिएको छ ।
आज विहान फेला परेको शव बिर्तामोड ५ बस्दै आएकी माया मगरको भएको खुलेको छ । ५० वर्षीय महिलाको टाउकोमा चोट देखिएको प्रहरीको भनाई छ । घटना रहस्यमय भएको प्रहरीको भनाई छ ।







प्रतिक्रिया