मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचनः कोशीमा मतदान सुरु

राष्ट्रिय सभा निर्वाचनः कोशीमा मतदान सुरु


विराटनगर – राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान सुरु भएको छ । कोशीमा रिक्त २ सदस्यका लागि विराटनगरमा रहेको निर्वाचन कार्यालयमा मतदान प्रक्रिया सुरु भएको हो । बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म हुनेछ ।

निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । मतदानका लागि उनीहरु लाइनमा बसेका छन् ।

सत्तारुढ गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्की उम्मेदवार छन् । यता, कोशीका लागि एमाले र राप्रपाले पनि गठबन्धन गरेका छन् । अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।

शेयर गर्नुहोस :

0
Shares