मुख्य समाचार

बुद्धशान्तिमा एक श्रमिकको हत्या, आरोपी प्रहरी नियन्त्रणमा

बुद्धशान्तिमा एक श्रमिकको हत्या, आरोपी प्रहरी नियन्त्रणमा


झापा। झापामा एकजना श्रमिकको हत्या गरिएको छ । बुद्धशान्ति गाउँपालिका– ३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर जिल्ला नागी गाउँपालिका– २ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सेनेहाङलाई झापा शिवसताक्षी नगरपालिका–८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले कुटपिट गरी हत्या गरेका हुन् । शुक्रबार साँझ ७ः५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरेका थिए । घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएको थियोे ।

अवस्था गम्भीर भई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा शनिबार बिहान ५ः१३ बजे उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । कुटपिट गर्ने पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको उनले बताए ।

शेयर गर्नुहोस :

0
Shares