Banner news

दर्ता नभएका जग्गा सरकारले लिनुपर्ने

दर्ता नभएका जग्गा सरकारले लिनुपर्ने


भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दर्ता नभएका जग्गा सरकारको हुने बताउनु भएकहो छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले दर्ता नभएको जग्गा सरकारले लिनु पर्ने बताउनु भएको हो । उहाँले खेलकुदमा राज्यले गरेको लगानी कहिल्यै खेर नजाने बताउदै खेलकुद स्वास्थ्यको महत्वपूर्ण आधार भएको र खेलकुदले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।

शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि भैरहेको अवरोधलाई प्रतिगामी कदम भन्दै बिजुक्छेले यस्ता कार्यको जनस्तरबाट विरोध हुनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेलकुद महोत्सवको रुपमा सञ्चालन गरिएको बताउदै आजबाट सुरु भएको प्रतियोगितामा भक्तपुरका ७५ वटा विद्यालयका बाइस सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको बताउनुभयो ।

नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगसँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलाडीहरुलाई अवसर प्रदान गर्न हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, नियमित खेल प्रशिक्षण र समय समयमा खेलकुद सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले खेलकुदको विकास र उत्कृष्ट खेलाडी उत्पादनमा लगानी गर्र्दै आएको बताउनुभयो ।

माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल १५ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन सत्र अगाडि नगर प्रमुख प्रजापतिको नेतृत्वमा जनप्रतिनिधिहरु, स्वयम्सेवकहरु, धिमे बाजा, विभिन्न विद्यालयहरु र प्रतियोगी खेलाडीहरु, नपाका खेलकुद प्रशिक्षार्थीहरु, टीम, क्लब, पुस्तकालय, सहकारी संस्थाका प्रतिनिधि सहभागि ¥याली दत्तात्रयबाट सुरू भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटीहुँदै नगर परिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares