काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक आज पनि बस्दैछ । ललितपुरको गोदावरीमा हिजो आइतबारदेखि सुरु भएको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ ।
बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा.प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ ।







प्रतिक्रिया