बिर्तामोड । विभिन्न जिल्लाबाट आएर बिर्तामोडमा व्यवसाय गरिरहेका व्यवसायीहरुको समन्वयका लागि संयोजक तोकिएको छ । बिर्तामोड बसेर व्यवसाय गरिरहेका व्यवसायीहरुको समन्वयका लागि चार जनालाई संयोजक तोकिएको हो ।
तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङबाट बिर्तामोड आएर व्यवसाय गर्नेहरुका लागि वाणिज्य संघको निर्वाचनका लागि आवश्यक सहजीकरण गर्न संयोजक तोकिएको हो । तेह्रथुमका लागि दुर्गा शिवाकोटी, पाँचथरका लागि ओमभक्त सेडाई, इलामका लागि डम्बर बस्नेत र ताप्लेजुङका लागि कमलप्रसाद कडरियालाई संयोजकको जिम्मेवारी दिइएको बताइएको छ ।
फागुन १४ गते हुने निर्वाचनका लागि अन्तरजिल्लाबाट बिर्तामोडमा व्यवसाय गर्नेहरुलाई आवश्यक समन्वयका लागि संयोजकहरुले सहजीकरण गर्ने छन् । नेकपा एमाले झापाका सचिव शिव ढुङगेलको अध्यक्षतामा बसेको बैठकले निर्वाचनमा जिल्लागत समन्वयका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।







प्रतिक्रिया