Banner news

कृषिमन्त्रीको राजीनामा माग

कृषिमन्त्रीको राजीनामा माग


नवलपरासी । किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन् । दूग्ध किसानहरूको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आव्हानमा उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा मागे ।

बर्दघाटको टिसिएन चोकमा जम्मा भएका किसानहरु नाराबाजी सहित आन्दोलनमा उत्रिएका हुन।उनिहरुले केही बेर पूर्वपश्चिम् राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

राजमार्ग अवरुद्ध गर्न खोजेपछि प्रहरी र आन्दोलनरत किसान बिच केही बेर तनाब उत्पन्न भएको थियो ।दुधको मूल्य पाउनु पर्ने,बजारीकरणको समस्या समाधान हुनु पर्ने लगायतका विभिन्न माग राख्दै उनिहरुले आपूर्ति मन्त्री र कृषि मन्त्रीमाथी आक्रोश समेत व्यक्त गरेका छन । किसानहरुको आन्दोलनमा विभिन्न ब्य्वसायी एवम् बर्दघाट उद्योग बाणिज्य संघले समेत एक्यवद्धता जनाएको थियो ।

बर्दघाटको टिसिएन चोकबाट सुरु भएको प्रदर्शन बर्दघाट नगरपालिकाको प्राङ्गणमा पुगि केही बेरको नाराबाजी पछि आजका लागि समापन भएको बताईएको छ । आफुहरुको माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने किसानहरुले बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares