Banner news

नयाँ समिकरण : प्रदेशमा आलोपालोको सहमति

नयाँ समिकरण : प्रदेशमा आलोपालोको सहमति


काठमाडौं । नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि फेरि प्रदेश सरकारको नेतृत्व फेरिन लागेका हुन् ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भागबन्डाको विषयमा अब नयाँ शिराबाट अघि बढ्ने बताए ।

उनले भने, ‘प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा अघि बढाउँछौँ। राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको विषयमा पनि सहमति खोज्छौँ ।’ अहिले कांग्रेस नेतृत्वको चार वटा प्रदेश सरकार छन् । अब त्यहाँ नयाँ नेतृत्व आउनेछन् ।

शेयर गर्नुहोस :

0
Shares