Banner news

एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतक सुनिता बराल

एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतक सुनिता बराल


काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त हुनुभएको छ ।

संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गर्नुभएको छ । प्रमुख सचेतक पदम गिरी मन्त्री हुनुभएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो ।
सचेतक बन्नुभएकी बराल समानुपातिक सांसद हुन् । बर्तौला मकवानपुर–२ का सांसद हुन् ।

प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् । नविना लामा अध्यक्ष भएको बेला दुवैजना अनेरास्ववियुको उपाध्यक्ष हुनुहुन्थ्यो । ऐन महर अध्यक्ष हुँदा पनि दुवै जना उपाध्यक्ष रहेकामा महरपछि बराल अध्यक्ष हुनुभयो भने बर्तौला विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति गर्न मकवानपुर जानु भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares