शिवसताक्षी । ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शिवताक्षीका ११ जना महिलाहरुलाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा नगर स्तरीय महिला समितिको समन्वयमा नगरका ११ वटै वडाका एक एक जना महिलालाई सम्मान गरिएको हो ।
नगरका वडाहरुमा रहेर विभिन्न समयका काम गर्ने उद्यमी महिला, समाज रुपान्तरणका लागि काम गर्ने र श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी नगरपालिकाका पुर्व नगरप्रमुख चन्द्रकमार सेर्माले सम्मान प्रत्र प्रदान गरेका हुन् । सम्मानित हुने महिलाहरुमा मेरिना कार्की, आइतमाया लिम्बु, डम्बरकुमारी बास्तोला, हेमकुमारी राजवंशी, खुमा देवी ढुंगेल, बत्च्छला खनाल, रेनुका बस्नेत, देवीमाया सापकोटा, आस्मा राई, कविता बस्तेत, देवीना घिमिरे रहेका छन् ।
कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, पूर्व नगर प्रमुख चन्द्रकुमार सेर्माले शुभकामना मतव्य राखेका थिए ।
महिला श्रमिक दिवस अवसरमा महिलाहरुले नौमति बाजासहित दुधे बजार परिक्रममा गरेका थिए । कार्यक्रममा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले महिलाहरुको श्रम र शारीरिक शोषण सम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।
नगर स्तरीय समितिकी अध्यक्ष यसोदा विमलीको अध्यक्षता भएको कार्यक्रमको स्वागत शिवतसाक्षी नगरपालिका महिला तथा बालिबा शाखाकी प्रमुख देविना पराजुलीले गरेकी थिइन् भने, सञ्चालन कोपिला चौलागाईले गरेकी थिइन् ।







प्रतिक्रिया