काठमाडौँ । राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ ।
आइतवार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मंगलबार चुनाव तोकिएको आइतबारको राष्ट्रिय सभा बैठकमा जानकारी गराउनु भयो । उहाँले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिनुभयो ।

बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छु। साथै नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सुचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’
कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।







प्रतिक्रिया