कनकाई । झापाको कनकाई नगरपालिका एक दर्जन विद्यालयका छात्रछात्रालाई समेतना मूलक प्रशिक्षण दिइएको छ ।
लाइन्स क्लब अफ सुरुङ्गाको आयोजना तथा इलाका प्रहरी कार्यालय सुरुङ्गाको सह–आयोजनमा कनकाईको वडा नं. १ देखि ७ सम्मका विद्यालयका विद्यार्थीलाई मंगलवार सचेतनामूलक प्रशिक्षण दिइएको हो । कार्यक्रममा करिब तीन सय जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा. श्रद्धा भण्डारीले मनोपरामर्श, डा. विरेन्द्र यादवले क्यान्सर सम्बन्धी र इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराईले सामाजिक अपराध र लागुऔषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।

लायन्स क्लब सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि लायन्स डिस्ट्रिक गभर्नर विकास अधिकारी, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, राष्टिय अनुसन्धानका उप–निर्देशक, लायन्स डिस्ट्रिक भाइस गभर्नर लिला चिमरिया रहेका थिए । कार्यक्रममा विशेष अतिथिका रुपमा बिर्तामोडका डिएसपी सुरज कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
क्लबको सभाहलमा आयोजित उक्त कार्यक्रममा कनकाई मावि, सरस्वती मावि, भृकुटी मावि, चम्पापुर मावि, हरिकुल अंग्रेजी मावि लगायत एक दर्जन विद्यालयका छात्र, छात्रा, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका, लाइन्सका प्रमुख तथा सदस्य र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्ल्वका पूर्व अध्यक्ष मनोज बस्नेतले गरेका थिए ।







प्रतिक्रिया