Banner news

ओलाङचुङगोलाका स्थानीयसँग अध्यक्ष ओलीको संवाद

ओलाङचुङगोलाका स्थानीयसँग अध्यक्ष ओलीको संवाद


ताप्लेजुङ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुदूरपूर्वको नेपाल-चीन सिमाना ताप्लेजुङको ओलाङचुङ्गोला पुग्नभएको छ।

पार्टी सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित अध्यक्ष ओली ओलाङचुङगोला पुग्नुभएको हो।

अध्यक्ष ओली फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा सवारीसाधन पुगेको खुसीयिली मनाउन र सदरमुकाम फुङलिङमा पार्टी कार्यालयको उद्धघाटन गर्न आउनु भएको हो।

३२ सय मिटर उचाइको यो बस्तीमा दुईदिन अगाडि अर्थात् मंगलबार सदरमुकाम फुङलिङबाट यातायातका साधन पुगेका हो। अध्यक्ष ओलीले तिब्बतसँग जोडिएको नेपालको पूर्वी हिमाली नाका ताप्लेजुङको ओलाङचुङ्गोलाका स्थानीयसँग अन्तरक्रिया गर्नुभएको छ। सो स्थानको वस्तुस्थिति बुझ्न बिहीबार ओलाङचुङ्गोला पुग्नुभएका अध्यक्ष ओलीले स्थानीयसँग स्थानीय समस्या तथा सम्भावनाका विषयमा संवाद गर्नुभएको हो ।

बस्तीका बासिन्दा र अध्यक्ष ओलीले यातायातका साधन पुर्‍याउने, ट्र्याक पुर्‍याउने निर्माण कम्पनीका ठेकदार पेम्बा शेर्पा, राजीव लामिछाने, चालकलगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

ओलाङचुङगोलाबाट फर्किएपछि ओलीले सदरमुकाममा रहेको पार्टी कार्यालयको उद्धघाटन गर्ने जिल्ला कमिटी अध्यक्ष भूपेन्द्र थेवे बताउनु भयो।

शेयर गर्नुहोस :

0
Shares