मुख्य समाचार

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा


काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ हेर्न नभ्याइने सूचीमा राखिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

तत्कालीन मुख्यमन्त्री केदार कार्कीले हिक्मतबहादुर कार्कीको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने कदम असंवैधानिक भएको जिकिर गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares