Banner news

एमालेका मन्त्रीलाई बालकोट बोलाइएको छैन : बालकोट

एमालेका मन्त्रीलाई बालकोट बोलाइएको छैन : बालकोट


काठमाडौं । सत्ता गठबन्धन फेरबदलको चर्चाका बीच मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकमा एमालेका मन्त्रीहरु पनि सहभागी छन् ।

आजै एमालेका मन्त्रीहरुलाई पार्टी अध्यक्ष केपी ओलीको निवासमा बोलावट आएको भनिए पनि सो प्रचार गलत रहेको बालकोट स्रोतले जनाएको छ ।

आज साँझ ६ बजे बालकोट आउन एमाले अध्यक्ष ओलीको सन्देश मन्त्रीहरुलाई प्राप्त समाचार आएको थियो ।

ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चारमाध्यममा खबर आइरहेको तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाएको खबर सत्य नभएको बालकोटको फेसबुक पेजबाट जानकारी गराइएको छ ।

शेयर गर्नुहोस :

0
Shares