मुख्य समाचार

देशभर ६७.३ प्रतिशत रोपाइँ

देशभर ६७.३ प्रतिशत रोपाइँ

/f]kfOFsf] tof/L lqz”nL, !% c;f/ M g’jfsf]6sf] ljb’/ gu/kflnsf–$ ljb’/sf ls;fg wfg /f]kfOFsf] tof/Lsf] nflu 6«ofS6/n] v]t hf]Tb} . tl:a/ M /fdxl/ Gof}kfg]÷/f;;

काठमाडौँ, ३१ असार – हालसम्म देशभर ६७।३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
कोशी प्रदेशमा ६१।७, मधेस प्रदेशमा ६१।५, बागमती प्रदेशमा ६९।२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६।७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले राससलाई जानकारी दिनुभयो । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो ।
असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares