मुख्य समाचार

जमेको पानीमा डुबेर बालकको मृत्यु

जमेको पानीमा डुबेर बालकको मृत्यु


बिर्तामोड । जमिनको खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–१ सालमाराका चिकूँ मियाका १० वर्षीय छोरा मोहम्मद दिलसाद मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार बिहान ११ बजे खेल्न हिँडेका दिलसाद घरदेखि ५०० मिटर पूर्वपट्टि रहेको नजिर मियाको खाली जमिनको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेको थियो ।

स्थानीय लमिजो मियाले दिउँसो ३ बजे डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको जनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares