मुख्य समाचार

कांग्रेससहित छ दलले बुझायो मेचीनगरमा २१ बुँदे ज्ञापनपत्र

कांग्रेससहित छ दलले बुझायो मेचीनगरमा २१ बुँदे ज्ञापनपत्र


मेचीनगर । मेचीनगरका विपक्षी छ वटा दलले आज नगरपालिका नेतृत्व स्वेच्छाचारिता बनेको भन्दै विरोध जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले आज विहान कार्यालय खुल्ने समय पारेर जुलुससहित नगरपालिकामा २१ बुँदे माग पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजबादीका तर्फबाट क्षेत्रीय संयोजक भाष्कर घिमिरे, जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले हस्ताक्षर गर्नु भएको छ ।

शेयर गर्नुहोस :

0
Shares