मुख्य समाचार

काभा वुमन्स लिग : उपाधि भिडन्तमा नेपाल भारतसँग पराजित

काभा वुमन्स लिग : उपाधि भिडन्तमा नेपाल भारतसँग पराजित


काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ ।

नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो ।

पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो ।

शेयर गर्नुहोस :

0
Shares