Banner news

गिरीबन्धुभित्र विष्पोटक पदार्थ राख्ने दुई जना पक्राउ

गिरीबन्धुभित्र विष्पोटक पदार्थ राख्ने दुई जना पक्राउ


बिर्तामोड । गत भदौंम गिरीबन्धु टि–स्टेटभित्र शंकास्पद वस्तु राखेर त्रसित बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १२ गते पक्राउ परेका फरार प्रतिबादीहरुलाई म्याद थप गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

गत भदौं २८ गते विहान बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित शमशेर एण्ड गंगादेवी टि स्टेट प्रा.लि. को पश्चिम पर्खाल नजिकै आम सर्वसाधारणलाई क्षति पुर्याउने उदेश्यले बिष्फोटक पदार्थ राखेका थिए ।

उक्त स्थानमा नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टि स्टेटको जग्गा कब्जा किन..? लेखिएको पर्चा थान १ समेत फेला परेको थियो । घटनाका सम्बन्धमा वारदात पश्चात फरार रहेका प्रतिबादीहरुको सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाने क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ ९ का मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares